प्रधानमन्त्री देउवालाई विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न विश्वासको मतको लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । मतदानमा २४९ उपस्थित हुनु भएकाे थियाे । मतदानमा उहाँको पक्षमा   १६५  मत खसेको छ भने विपक्षमा  ८३  मत परेको थियो । साथै    एक संसद तटस्थ रहनुभएको थियो । प्रधानमन्त्री देउवा असार २९ गते प्रधानमन्त्री नियुक्त हुनु भएकाे थियाे ।


यसैबीच विश्वासको मत पाउनु अघि प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले राखेको विश्वासको मत माग्ने प्रस्तावमा समर्थन जनाउने दललाई धन्यवाद व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा दलीय रुपमा दलका नेताहरुले समर्थन गर्ने प्रतिवद्धता जनाउनुभएपछि संसदमा उठेको जिज्ञासाको जवाफ दिनुहुँदै प्रधानमन्त्री देउवाले धन्यवाद व्यक्त गर्नुभएको हो ।

 

प्रतिनिधिसभा विघटन गर्न कसैले नसकोस् भनेरै संविधानको धारा ७६ उपधारा ५ राखिएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री देउवाले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतको नेपाली भूभागसहितको नक्सा छाप्ने र भूमि फिर्ता ल्याउने काममा सबै दलको साझा सहयोग रहेको बताउनुभयो । त्यसकालागि आफू नेतृत्वको सरकारले पनि पहल लिने बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...