आजबाट जोन्सन एण्ड जोन्सन खोप लगाइदै

काठमाडौं, साउन ४ गते । कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत आजदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप पहिलो मात्रा लगाइँदै छ । यो खोप एक पटक मात्रै लगाए पुग्ने छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले असान ४ देखि ६ गतेसम्म जोन्सन एण्ड जोन्सनको खोप लगाइन लागेको बताउनुभयो ।


जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका, पहिलो खोप लगाउन बाँकी सबै तथा पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई दिइँदै छ ।सोमबार बिहान १० बजेदेखि देशका विभिन्न स्थानहरुमा खोप अभियान शुरु हुने सहप्रवक्ता डा. अधिकारीले जानकारी दिनुभयो ।

अभियानका क्रममा प्रधामन्त्री शेरबहादुर देउवाले उपत्यका भित्रका खोप केन्द्रहरुको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुहुने भएको छ ।उहाँका अनुसार प्रधानमन्त्री देउवाले नेपालअर्थोपेडिक अस्पताल, जोरपाटी, त्रिभुवन विश्वविद्ययालय, शिक्षण अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, महावौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानल लगायतका केन्द्रको स्थलगत निरीक्षण गर्नुहुने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...