आज साउनको पहिलो सोमबार, शिब भगवानको आराधना गरिदै

पोखरा, साउन ४ गते ।आज साउनको पहिलो सोमबार । साउनको पहिनालाई भगवान शिबको महिनाका रुपमा लिइन्छ । शिवको पुजा आरधना गरी व्रत बस्ने परम्परा रहेको छ । महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा शिवालयहरमा भक्तजनको भीड लाग्छ ।

साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।आज देशभरका शिवालयहरुमा भक्तजनाको भिड लागेको छ । शिव लिगमा दुध चढाउदै पुजाआजा गरेमा मनोकाक्षा पुरा हुने धामिैक विश्वास सहित नेपालीहरु व्रत बस्ने र शिव मन्दिरहरुमा पुगेर पुजाआजा गरिन्छ । साउनलाई हरियालीको महिना समेत मानिन्छ । त्यसैले पछिल्लो समय साउनमा हरियो कपडा लगाउने चलन समेत बढेको छ । महिलाहरुले हातमा हरिया चुरा, मेहन्दी र हरिया ब्रस्त्र लगाउने चलन पछिल्लो समय बढेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...