अधिवेशन गर्न पोखरा १२ मा काँग्रेस कार्यदल गठन

पोखरा, साउन ४ गते ।नेपाली काँग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका बमोजिम यही श्रावण १२ गते हुने वडा अधिवेशन गर्न गर्न सोमबार नै एक कार्यदल गठन गरिएको छ ।

वडा ईकाई सभापति होमवहादुर बानियाँका अनुसार, कार्यदलमा नेपाली काँग्रेसका केन्द्रीय आमन्त्रित सदस्य एवै गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री समेत रहनुभएका कुमार खड्का, वडा इकाई सभापति होमबहादुर बानियाँ, सहसभापति दिलनाथ आचार्य, जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डे, महाधिवेशन प्रतिनिधिहरु राधाकृष्ण गुरुङ र पदमसिंह गुरुङ पनि सो कार्यदलमा रहेका छन् ।

 

त्यस्तै क्षेत्रीय प्रतिनिधि राजेन्द्रबहादुर देवकोटा, पूर्व क्षेत्रीय सभापति ऋषिराज आचार्य, पूर्व वडा इकाई सभापति शिवराज देवकोटा, क्षेत्रीय प्रतिनिधित्रय धर्मराज थापा, ज्ञानबहादुर कार्की र विष्णु भटट्टराई, अधिवक्ता हरिप्रसाद भट्टराई र कमला तिमिल्सिना समेत सो कार्यदलमा रहेका छन् । कार्यदलले सर्वसम्मत ढंगले अधिवेशन सम्पन्न गर्न भूमिका खेल्ने बताइएको छ । वडा नं। १६ मा ५०६ जना क्रियाशील सदस्य रहेका छन्

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...