गण्डकीमा ६ जनाको मृत्यु, ४१७ थपिए, २९४ संक्रमण मुक्त

पोखरा, साउन ४ गते ।गण्डकी प्रदेशमा आइतबार कोरोना संक्रमति ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको पछिल्लो २४ घण्टाको विवरण अनुसार गण्डकीका विभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको छ ।

मृत्यु भएका मध्य नवलपरासी पूर्वका २ जना, कास्कीका १ जना, स्यांजाका १ जना, बाग्लुगका १ जना र मनांगका १ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । त्यस्तै गण्डकीमा ४१७ जनामा संक्रमण पुष्टि भएको छ । कास्कीका १९७, स्याजा ३०, गोरखा ४९, नवलपरासी ५५, बाग्लुग ७, पर्वत ३९, तनहुँ २४, लमजुग १५ र मुस्तांगका १ जनामा संक्रमण पुष्टि भएको छ । गण्डकीमा संक्रमितको संख्या ६१५०६ पुगेको छ । गण्डकीमा कुल परिक्षणको संख्या २५८५११ रहेको छ ।

 

हाल गण्डकीमा सक्रमितको संख्या ६१९२३ पुगेकोमा ५८०२४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल गण्डकीमा संक्रिय संक्रमितको संख्या २८६८ जना रहेका छन् । गण्डकीमा संक्रमणबाट १०३१ जनाको मृत्यु भएको छ । गण्डकीमा सोमबार २९४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...