गण्डकी प्रदेश प्रहरी गतिविधि तथा घटनाहरु

 बागलुङ: मदिरा र चाउचाउ खाई बिरामी हुदाँ ४ जनाको मृत्यु

मिति २०७८।०४।०४ गते अन्दाजी २३:१० बजे जिल्ला बागलुङ गलकोट नगरपालिका-७ मल्म खानेपानी आयोजनामा काम गर्ने ६ जना मानिसहरु स्थानीय किराना पसलमा घरेलु मदिरा(लोकल), चाउचाउ, दालमोठ, बिस्कुट खाई उक्त पसलबाट अन्दाजी ३०० मिटर दुरीमा रहेको बस्ने कोठामा जाँदा बिरामी भई उपचारको लागि ईमेर्जेन्सी पोलिक्लिनिक हटियामा पठाइएकोमा थप उपचारको लागि धौलागिरी अस्पताल बाग्लुङमा ल्याई उपचार गर्ने क्रममा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला रोल्पा सुनिल स्मृती गाउँपालिका-५ गजुल बस्ने वर्ष २१को दिपेन्द्र पुन मगर, ऐ.ऐ. बस्ने वर्ष ३९ को दुध बहादुर राना, ऐ.ऐ. बस्ने वर्ष ५१को रेख बहादुर राना र ऐ.ऐ. बस्ने वर्ष ३० को प्रविन घर्ति रहेका छन् । अन्य २ जना जिल्ला रोल्पा सुनिल स्मृती गाउँपालिका-५ गजुल बस्ने वर्ष ३८को खेमराज घर्ती र वर्ष २६ को रबिन्द्र पुनलाई थप उपचारको लागि पोखरा ल्याईएको छ । अवस्था मध्ययम रहेको छ । उक्त स्थानमा प्रहरी टोली खटिगई पसल सञ्चालक र मदिरा उत्पादन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

तनहुँ : लागूऔषध सहित मानिस पक्राउ

मिति २०७८।०४।०५ गते अन्दाजी ०४:१५ बजे जिल्ला तनहुँ व्यास नगरपालिका-२ भोर्लेटारचोक पृथ्वी राजमार्गमा खटिएको प्रहरीको पिकेट डिउटीले बुटवलबाट पोखरा तर्फ आउँदै गरेको यात्रु बाहक बसलाई चेकजाँच गर्ने क्रममा प्रहरीले जिल्ला पर्वत कुश्मा नगरपालिका-५ बस्ने वर्ष २६ को बिकु मगर र ऐ.१० बस्ने वर्ष २५ को उमेश क्षेत्रीको साथबाट फेनेरागन ४६ एम्पुल, डाईजापाम ४६ एमपुल र नुरफिन ४६ एम्पुल  गरी जम्मा १३८ एम्पुल सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

बागलुङ : लागूऔषध सहित मानिस पक्राउ

 मिति २०७८।०४।०५ गते अन्दाजी १०:०५ बजेको समयमा जिल्ला बागलुङ बागलुङ नगरपालिका-३ चिप्लेटी बसपार्क स्थित प्रहरी चेकिङ टोलीले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा ध २ प नं.को मोटरसईकलमा सवार जिल्ला बागलुङ बागलुङ नगरपालिका-४ बस्ने वर्ष २२ को रोहन पुन र ऐ. बस्ने वर्ष २१ को प्रताप क्षेत्रीको साथबाट लागूऔषध ट्रामाडोल २५० पिस फेला पारी निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

बागलुङ : लडी मृत्यु

मिति २०७८।०४।०५ गते अन्दाजी ०९:३० बजेको समयमा जिल्ला बागलुङ काठेखोला गाउँपालिका-५ सापकोटा चोक बस्ने बर्ष ४५ को ईन्द्र बहादुर पुन घर नजिकैको जंगलमा घास काट्ने क्रममा भिरबाट लडी मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोली खटि गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको ।

 

अरुण पौडेल

 (प्रहरी उपरीक्षक)

मो.न. ९८५६०८८०९०

        

 

मिति २०७८।०४।०५ गते

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...