राज कुन्द्राको ह्वाट्सएप च्याट भाइरल, पोर्न व्यवस्थापनदेखि कलाकारलाई पैसा दिनेसम्म कुरा

काठमाडौं। पोर्न फिल्म बनाएको अभियोगमा मुम्बइ पुलिसको क्राइम बन्चले सोमबार अबेर राती बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति तथा व्यवसायी राज कुन्द्रालाई पक्राउ गरेको थियो । मुम्बइ क्राइम ब्रान्चका अनुसार राजविरुद्ध गएको फेब्रुअरीमा केस दर्ता गरिएको थियो । राजले पोर्न फिल्म उद्योगमा ८ देखि १० करोड रुपैयाँ लगानी गरेका थिए ।

राज र उनका बेलायतमा बस्ने भाइले मिलेर बेलायतमै केनरिन नामको एक कम्पनी बनाएका थिए । फिल्मका भिडियो भारतमा खिचिएका थिए । यी भिडियोलाई भी ट्रान्सफर (यो एक फाइन ट्रान्सफर सर्भिस हो) को माध्यमबाट केनरिनलाई पठाइएको थियो । यो कम्पनी राज कुन्द्राले नै बनाएका थिए र विदेशमा दर्ता गराएका थिए ताकि भारतको साइबर कानुनबाट बच्न सकियोस् ।

राजको गिरफ्तारीपछि केही ह्वाट्सएप च्याट सार्वजनिक भएका छन् । सार्वजनिक भएका स्क्रिनसटबाट राजले पोर्न फिल्म बनाउने कारोबारबाट ठूलो कमाइ गरेको खुलासा भएको छ । भाइरल ह्वाट्सएप च्याटमा एच अकाउन्ट्स नामको एक ग्रुप देखिएको छ जसको एडमिन राज छन् । यो ग्रुप च्याटमा राज आफ्ना आफन्त तथा पोर्न फिल्म बनाउने कम्पनी केनरिन प्रोटक्सन हाउसका अध्यक्ष प्रदिप बख्शीसँग पैसाको लेनदेन र कन्टेन्ट पोस्टिङबारे चर्चा गरिरहेका छन् ।

५ जनाको यो ग्रुपमा प्रदिप र राजको बीचमा व्यवसायको घट्दो र बढ्दो कमाइ, मार्केटिङ रणनीति, बिक्रीमा वृद्धि, पोर्न अभिनेत्रीले कमाइ पाइन् कि पाइनन् लगायतका विषयमा खुलेर चर्चा भएको देखिएको छ । च्याटमा देखिएको छ कि पोर्न फिल्मको व्यवसायबाट धेरै नापाm भइरहेको थियो र राज यो फस्टाउँदो व्यवसायबाट निकै खुसी थिए । बिजनेस डिल पनि राजले यही छलफलपछि फाइनल गर्थे । राजका पूर्व पीए उमेश कामत भारतमा केनरिन कम्पनीका प्रतिनिधि थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...