कास्कीमा आजदेखि सवारीमा जोरविजोर प्रणाली हट्यो, लामो दुरीका सवारी समेत चल्ने

पोखरा, साउन ६ गते । कास्कीमा आजदेखि सार्वजनीक सवारीमा जोरविजोर प्रणाली हटेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञालाई थप खुकुलो बनाउदै आजदेखि सबेै सवारी साधन सञ्चालनमा छुट दिएको छ । गते बैशाखदेखि जारी भएको निषेधाज्ञासंगै सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो ।

जिल्ला कोभिड १९ व्यवस्थापन समितिले पछिल्ला दिनहरुमा संक्रमण दर, मृत्युदरमा क्रमिक रुपमा कमी आएको तथ्यांकको विश्लेषणका आधारमा निषेधाज्ञालाई सहज बनाउने नीति अनुसार निषेधाज्ञा साउन २० गतेसम्म थप समेत गरेको छ ।लामो दुरीका सवारी साधनहरु निश्चित संख्यामा सम्वन्धित यातायात व्यवसायी संघ संस्थाको सिफारिशको आधारमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा सञ्चालन गर्न सक्ने ।

 

यसरी सवारी साधन सञ्चालन गर्दा कुल स्वीकृत सीत क्षमता भन्दा बढि यात्रु नराख्ने व्यवस्था मिलाउने, स्वीकृत स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गराउने, चालक सहालक र यात्रुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, सवारी साधनको ढोकामा नै स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, सहचालकले अनिवार्य रुपमा पञ्जा र फेससिल्डको प्रयोग गर्नुपर्ने र अनिवार्य रुपमा दैनिक सवारी साधन निसंक्रमित गराउनुपर्ने र सो बमोजिमको व्यवस्था पालना नभए नभएको अनुगमन सम्वन्धित कातायात व्यवसायी संस्थाले मिलाउनुपर्ने प्रशासनको आदेशमा उल्लेख छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...