गण्डकीमा ३ जनाको मृत्यु, ३६३ जनामा संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा बुधबार कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको पछिल्लो २४घण्टाको विवरण अनुसार कास्कीका दुई सहित तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा ५ की ४५ वर्षकी महिला र पोखरा २९ का ६२ वर्षका पुरुषको मृत्यु भएको छ । महिलाको मृत्यु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पुरुषको मृत्यु गण्डकी मेडिकल कलेजमा भएको हो ।

यस्तै कोरोना संक्रमणकै कारण नवलपुरमा पनि ७३ वर्षकी महिलाको चितवन मेडिकल कलेजमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय अन्तर्गत आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।यो सहित गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ४१ जना पुगेको छ । गण्डकीमा पछिल्लो २४ घण्टामा २८१ जना निको भएको र ३६३ जनामा संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...