पुष्पलालको स्मृतिमा ५ सय विरुवा रोपियो

पोखरा, साउन ७ गते । ४३ औ पुष्पलाल स्मृति दिवसको अवसरमा पोखरामा वृक्षारोपण गरिएको छ । कास्कीको माछापुच्छे« गाँउपालिकामा ५ सय विभिन्न जातका विरुवा रोपिएको हो ।

युवा संंघ गण्डकी प्रदेशको आयोजनामा ५ सय वटा विरुवा रोपिएको हो । पारिजात, चाँप, अशोक, गुलमोहर, नारेश्वर, चिउरी, विरेनपुर, धूपी, लगायतका जातका बिरुवा रोपिएको संघका गण्डकी प्रदेश संयोजक महेन्द्र गुरुङले जानकारी दिनुभयो ।


त्यस्तै पुष्पलाल स्मृृति दिवसकै अवसरमा उहाँको शालिकमा मल्यापण तथा योगदान बारे प्रवचन कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा बोल्दै बोल्ने बक्ताहरुले नेपाली कम्यूनिष्ट आन्दोलनमा पुष्पतालको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

 

नेकपा एमाले पुष्पलाल, भदन भण्डारी र मनमोहनले देखाएको बाटोमा अगाडी बढनुर्नेमा जोड दिदै उहाँको सम्झना गरेर मात्रै भन्दा पनि काम गरेर देखाउनुपर्ने बताउनुभयो । कार्यक्रममा एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले पुष्पलालको योगदान र कम्यूनिष्ट पार्टीको बारेमा चर्चा गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...