एक हजार ८५५ सङ्क्रमण पुष्टि, २४ जनाको मृत्यु, दुई हजार ७१४ संक्रमणमुक्त

काठमाडौं, साउन ७ गते । पछिल्लो २४ घण्टामा एक हजार ८५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नाै हजार १२२ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, तीन हजार ७०७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८५९ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ७१४ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण २४ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ६६१ जनाको मृत्यु भैसकेको छ । अहिलेसम्म ९४.६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...