हाप्किडोका विजेता खेडीलाई गण्डकी प्रदेश खेलकुदको सम्मान

पोखरा, साउन ८ गते । काठमाडौमा आयोजित चौथो राष्ट्रिय हाप्किडो प्रतियोगिताका बिजेता खेलाडीलाई  पोखरामा सम्मान गरिएको छ । गण्डकी खेलकुद परिषदले बिजेता खेलाडीलाई सम्मान गरेको हो ।प्रतियोगितामा बिजेता कृति गिरी,मोनालिसा मल्ल,बिकिसा  गुरुङ, अञ्जना परियार, मन्दिप बिक, राजकुमार बिक,सोयल खान, शुसान्त परियार र प्रशिक्षक कृष्ण महर्जनलाई सम्मान गरिएको हो ।

खेलाडीलाई गण्डकी प्रदेश युवा तथा खेलकुदमन्त्री राजिव गुरुङ, प्रदेश खेलकुद परिषद् सदस्यसचिव तेज गुरुङ लगायतले सम्मान गर्नुभयो ।सोहि कार्यक्रममा खेलाडीलाई ट्याक समेत प्रदान गरिएको थियो ।

गण्डकी प्रदेश हाप्किडो संघका खेलाडीहरु गण्डकी मार्सल आर्ट्स हाप्किडो संघका कोच संयोजक तथा केन्द्रिय उपाध्यक्ष सुस्मिता गुरुङ्ग ज्यु,हाप्किडो गण्डकी प्रदेशका अध्यक्ष एमबि आस्था मगर, जिल्ला हाप्किडो सँघका अध्यक्ष मदन जि सि ,कास्की जिल्ला हाप्किडो सँघका सचिब रबिन गुरुङ्ग,पोखरा महानगर हाप्किडो संघका अध्यक्ष धनराज गुरुङ्ग लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...