टोकियो ओलम्पिककाे भव्य उद्घाटन

टोकियो । जापानको राजधानी टोकियोमा ३२ औं ग्रीष्मकालिन ओलम्पिक प्रतियोगिता सुरु भएको छ । कोरोनाभाइरस महामारीकै बीच संसारका ११ हजार खेलाडी टोकियोमा भेला भएका छन् ।

अहिले ६८ हजार क्षमताको रंगशालामा उद्घाटन समारोह सुरु भएको छ । जापानी सम्राट नारुहितो, अमेरिकी प्रथम महिला जिल बाइडेन, फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनसहितका विश्व नेताहरु उद्घाटन समारोहमा उपस्थित भएका छन् ।

जापानी राष्ट्रिय गान र सांस्कृतिक नाचगानसहित सुरु भएको उद्घाटन समारोहमा रंगशाला वरपर आतसबाजी पनि प्रस्तुत गरिएको छ । भाइरस महामारीको कारण यसपटक दर्शकबिनै ओलम्पिकको उद्घाटन गरिएको हो । खेल चलिरहँदा पनि दर्शकलाई रंगशाला प्रवेशमा रोक लगाइने भएको छ ।

ओलम्पिकमा ३३ खेलका ३३८ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । ओलम्पिकमा नेपालबाट ४ खेलका ५ जना सहभागि छन् । पौडिकी गौरिका सिंहले दोस्रोपटक खेल्दैछिन् । गौरिकासहित पौडिकै एलेक्स शाह, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट पनि टोकियोमा छिन् । जुडोकी भट्टले रुसकी डोल्गोभा इरिनासँग शनिबार प्रतिस्पर्धा गर्ने जनाइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...