परमादेशबाट प्रधानमन्त्री निर्वाचित गर्नु लोकतन्त्र विपरित :पूर्वमुख्यमन्त्री गुरुङ

पोखरा, साउन ९ गते । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा एमालेलाई एकताबद्ध बनाएरै छाड्ने बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटिको कार्यालयको शनिबार पोखरामा उद्घाटन गदै उहाँले भन्नुभयो,‘पार्टी एकताबद्ध बनाए आगामी निर्वाचनमा एकल बहुमत ल्याउने गरी तयारी गछौँ ।’


उहाँले बरिष्ठ नेता माधव नेपाल सहितको नेकपा एमाले बनाउने प्रयास भैरहेको बताउदै भन्नुभयो,‘हिजोका कुरा भुलेर पार्टीलाई एक बनाउने प्रयासमा छौ । माधव नेपाल सहितको एमाले नभए स्थापित सबै नेतालाई ल्याएर एकताबद्ध बनाउछौँ ।’ राष्ट्रिय एकता, सर्वभौमसत्ता, राष्ट्रिय अखण्डता जोगाउदै चुच्चे नक्साका कार्यान्वयन गर्ने हो भने नेकपा एमालेको सरकार चाहिने दावी उहाँले गर्नृुभयो ।एमाले स्थायी समिति सदस्य समेत रहनु भएका गुरुङले अवको निर्वाचनमा एकल बहुमत प्राप्त गर्ने गरी काम गर्न कार्यकतालाई सुझाव दिनुभयो । ‘आगामी निर्वाचनमा बहुमत ल्याउन संगठन परिचालन, विकाससंगै आर्थि र सामाजिक रुपान्तरणमा अग्रपक्तिमा रहेर काम गर्नुपर्छ ।’

पूर्वमुख्यमन्त्री गुरुङले सर्वोच्च अदालतको फैसलाले लोकतन्त्र संकटमा परेको टिप्पणी गर्नुभयो । अदालतले गरेको फैसलाले बहुदलीय व्यवस्थामाथि प्रहार गरेको भन्दै उहाँले सर्वोच्चले प्रधानमन्त्री तोक्ने, बहुदलीय व्यवस्थामा ह्वीप नलाग्ने र ह्वीप उल्लंघन गर्नेलाई कारबाही गर्न नपाइने आदेशले न्यायापालिकाले कार्यपालिकालाई उछिन्ने काम गरेको बताउनुभयो ।

 

उहाँले जनादेशबाट नभई परमादेशबाट प्रधानमन्त्री निर्वाचित गर्नु लोकतन्त्र विपरित भएको बताउनुभो । प्रधानमन्त्री बनाउने काम न्यायाधिसको नभई संसदको भएको बताउदै अदालतको फैसला विरुद्ध जनतालाई स्पष्ट पार्नुपर्नेमा जोड दिनुभयो । उहाँले युवाहरुले चोलेन्द्र शम्सेरको पुत्ला जाएर समय बबार्द गर्ने भन्दा अदालतले कहाँ गतल गर्यो, शक्तिपृथकिकरण कहाँ उल्लघट भयो, शासन र संसद सञ्चालन गर्ने कार्यपालिका र ब्यवस्थापिकाले हो भन्ने कुरालाई जनताको वीचमा पु¥याउनुपर्छ भन्नुभयो । उहाँले गण्डकी प्रदेश सरकार सातवटै प्रदेशमा उत्कृष्ट बनेको बताउदै अहिले काँग्रेस नेतृत्वमा बनेको सरकारले भष्ट्रचारका सुरुवात गरेको आरोप लगाउनुभयो ।‘ सरकार गठन भएलगत्तै १६ करोड रकामान्तर गरेर भष्टाचारको सुरु गरेको छ, त्यसका विरुद्ध खबरदारी गर्नुपर्छ ।’

युवा संघका पूर्व अध्यक्ष एवं गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले केपी ओली र पृथ्वीसुब्वा सरकारले गरेका राम्रा कामको प्रचार गरेर आगामी निर्वाचनमा बहुमत ल्याउने गरी युवा परिचालित हुनुपर्नेमा जोड दिनुभयो । वर्तमान सरकार अवसरबादी र स्वार्थीहरुको गठबन्धनबाट बनेको दावी गदै उहाँले पोखरेल नेतृत्वको प्रदेश सरकारले जनताको लागि भन्दा आफना लागि काम गरिरहेको बताउनुभयो । हिजो ६ जना मन्त्रीले चलाएको प्रदेश सरकार अहिले ११ जना मन्त्री बनाएको र पहिलो निर्णय नै सरकारले सुविधाका लागि गरेको भन्दै यो सरकार जनताका लागि नभएको बताउनुभयो ।

प्रदेश सांसद कृष्ण थापाले युवाहरुले रचनात्मक र सृजनात्मक भुमिका खेल्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमा युवा संघका उपाध्यक्ष सन्तोष रावत, केन्द्रीय सचिव हरि लम्साल, संघका कास्की अध्यक्ष पानबाहदुर घर्ती लगायतले युवाहरुले सकरात्मक र चनात्मक भुमिका मार्फत एमालेको पक्षमा जनमत सृजना गर्ने कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रम युवा संघ गण्डकी प्रदेशका संयोजक महेन्द्र गुरुङको अध्यक्षतामा भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...