जुडोमा सोनिया भट्ट रुसकी एरिनासँग पराजित

काठमाडौं, साउन ९ गते । टोकियाे ओलम्पिकको महिला जुडो तर्फ नेपालकी सोनिया भट्ट रुसी खेलाडीसँग पराजित हुनुभएको छ । शनिबार बिहान निप्पोन बुडोकन जुडो खेल अन्र्तगत ४८ किलोग्राम विधामा सोनियाले एक इप्पोन समेत बटुल्न सक्नुभएन ।


राउन्ड अफ ३२ को दोस्रो स्पर्धामा रुसकी एरिना डोल्गोभाले १०–० ले भट्टलाई हराउनुभयो । इप्पोनको आधारमा एरिनालाई विजेता घोषित गरियो । पहिलो चरणमै हारसँगै सोनिया स्पर्धाबाट बाहिरिनुभएको छ ।

यसअघि, आजै बिहान सम्पन्न शूटिङ्ग १० मिटर विधामा नेपालकी कल्पना परियार ५० राष्ट्र सहभागी स्पर्धामा ४६ औं स्थानमा रहनुभयो । उहाँ समेत अन्तिम आठमा छनौट हुन सक्नुभएन । अन्तिम आठमा छनौट भएकाले फाइनल खेल्न पाउनेछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...