लायन्स टुरिजम सिटीको बृक्षारोपण

पोखरा, साउन ९ गते ।लायन्स क्लब अफ पोखरा टुुरिजम सिटीको आयोजनामा बृक्षारोपण लगायतका कार्यक्रम सम्पन्न भएको छ । स्यांङ्गजा खड्केटारी स्थित काला भैरब माविको प्राङ्गणमा शनिवार आयोजित कार्यक्रममा बृक्षारोपण, खेलकुद तथा स्टेशनरी सामाग्री हस्तान्तरण र औषधी वितरण गरिएको थियो ।

बृक्षारोपणका लागि एभोगाडो, लिच्ची, सुन्तला, कागती, बर्रो, जापनिज कटुस, धुपी लगायतका १ सय भन्दा बढि विरुवा स्थानिय कृषक समुहलाई क्लबका अध्यक्ष एकराज गिरीले हस्तान्तरण गर्नुभएको थियो । कालाभैरब माविमा अध्ययनरत दृष्टिविहिन विद्यार्थीका लागि लत्ता कपडा तथा स्टेशनरी सामाग्री प्रदान गरिएको थियो । स्थानिय परिवर्तन युवा क्लबका लागि खेलकुद सामाग्री तथा वातावरण आमा समुह लाई औषधी वितरण गरिएको कार्यक्रमका संयोजक अर्जुन केसीले जानकारी दिनुभयो ।

 

कार्यक्रममा बोल्दै विशेष अतिथी लायन्स क्लब अफ पोखरा अन्नपूर्णका अध्यक्ष सुर्य प्रसाद बरालले लायन्सले संख्यात्मक कार्यक्रम भन्दा गुणस्तरिय कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो । लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि वानका एडभाइजर सुदिप पौडेलले आवश्यकता अनुसारको सेवामा तल्लिन भए मात्रै असली समाजसेवा हुने बताए । लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका अध्यक्ष एकराज गिरीले सामाजिक काम सामुहिक रुपमा गर्न सके मात्रै त्यसले राम्रो प्रतिफल प्राप्त हुने बताए ।

 

कार्यक्रममा लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि वानका जोन चियरपर्सन निरज पन्त, डिस्ट्रिक चियरपर्सन विष्णुबाबु खड्का, कालाभैरब विद्यालय व्यवस्थापन समितीका अध्यक्ष ताराबहादुर खत्री, परिवर्तन युवा क्लबका अध्यक्ष डेलनारायन शर्मा, समाजसेवी जीतजंग कार्की, घनश्याम गौतम, अर्जुन केसी लगायतले बोलेका थिए । क्लबका तर्फबाट उत्तम गुरुङ्ग, पदम पाण्डे, प्रविन ठकुरी, विश्व यज्ञधिर पौडेल घर्ती, प्रकाश सुवेदी लगायतको उपस्थिती रहेको थियो । क्लबका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संयोजक अर्जुन केसीले गरेका थिए भने सञ्चालन सचिव सन्जय मल्लले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...