फेवा वेगनासको रक्तदानमा ३२ युनिट रगत संकलन

पोखरा, साउन ९ गते ।पोखरामा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३२ युनिट रगत संकलन भएको छ । लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीले पोखराको पृथ्वीचोकमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो । लायन्स क्लव अफ ३२५ बि १ नेपालका ब्लड बैकं डिपार्टमेन्ट चिफ महेश पौडेलको प्रमुख आथित्यतामा यो कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले रक्तदान कार्यक्रमको आयोजना गरेर फेवा वेगनास चौतारीले सामाजिक उत्तरदायित्व बहन गरेको बताउनुभयो ।

लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीका अध्यक्ष महेश्वर रिमालकोृ अध्यक्षतामा भएको कार्यक्रममा क्लष्टर चिफ सन्तोष घिमिरे, जोन चियर पर्सन सावित्रा पौडेल, लायन्स क्लव अफ पोखरा सिर्जना चौतारीका अध्यक्ष कृष्ण बहादुर कार्की, लायन्स क्लव अफ पोखरा विरौटा साझा चौतारीका अध्यक्ष गीता पराजुली, डिष्ट्रिक पिआरओ समेत रहनुभएका लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीका पूर्व अध्यक्ष टंक प्रसाद ढकाल, प्रथम उपाध्यक्ष राजाराम पौडेल लगायतले रक्तदान कार्यक्रमका बारेमा आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराका रक्त शाखा अधिकृत महेन्द्र केसीको नेतृत्वको टोलीले प्राविधिक सहयोग गरेको थियो । क्लबले हरेक वर्ष नियमित रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको अध्यक्ष महेश्वर रिमालले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...