जारी निषेधाज्ञा १० दिन थप गर्ने निर्णय

काठमाडौं, साउन १० गते । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । आज बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप गर्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

निषेधाज्ञाका प्रावधानमा भने कुनै परिवर्तन नगरिएको समेत उहाँले जानकारी दिनुभयो ।पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि आज राति १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...