गण्डकीमा ४ जनाको मृत्यु, ४४७ नयाँ संक्रमित थपिए

पोखरा, साउन १० गते । कोरोना भाइरस संक्रमणाट गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनीक गरेको पछिल्लो २४ घण्टाको विवरण अनुसार विभिन्न अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कास्कीका २ जना, बाग्लुंगका १ जना गोरखाका १ जना रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा गण्डकीमा ४४७ नयाँ संक्रमित थपिएका छन । कास्कीका २००, नवपरासीका ११, पर्वत ८, स्यांजाका ६७, बाग्लुगका १००, लम्जुगका १९ जना, म्याग्दकीका २ जना, २ मा संक्रमण पुष्टि भएको छ ।अहिलेसम्म गण्कडीमा संक्रमितको संख्या ६४३९५ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...