कोरोनाबाट उन्मुक्ति पाउने एक मात्र उपाय खोप :मुख्यमन्त्री पोखरेल

पोखरा, साउन १० गते । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार प्रजातान्त्रिक मूल्य मान्यताको जगेर्ना गर्दै जनतालाई प्रजातान्त्रिक लाभको न्यायोचित वितरण गर्न दत्तचित्त रहेको बताउनु भएको छ । गण्डकी प्रदेशमा मुख्यमन्त्री पोखरेलले मन्त्री, प्रमुख सचिव र सचिवलाई निर्देशन दिदै उहाँले जनता सरकारको दैलोमा होइन सरकार जनताको दैलोमा सेवा पु¥याउन प्रतिवद्ध रहेको आभास हामीले दिनु जरुरी छ भन्नुभयो ।


मन्त्रिपरिषद्का माननीय सदस्यज्यूहरू र सबै मन्त्रालय÷निकायका प्रशासनिक नेतृत्वहरूले समृद्ध प्रदेश, सुखी प्रदेशबासीको सोचलाई आत्मसात गर्दै जन अपेक्षा पूरा गर्ने प्रदेश सरकारको संकल्पलाई अपनत्व ग्रहण गरी, यसलाई आन्तरिकीकरण गरी आफ्ना प्रशासनिक÷राजनीतिक संरचना मार्फत् जनतामा सकारात्मक सन्देश प्रवाह हुने गरी कार्य गर्नुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु भन्नुभयो । उहाँले.संविधानले आत्मसात गरेको सहकारिता, समन्वय र सहअस्तित्वको सिद्धान्त बमोजिम नै प्रदेश सरकारले नेपाल सरकार र स्थानीय सरकारकाबीच रहेर समृद्धिको लक्ष्य हासिल गर्नका लागि कुशल संयोजनकर्ता र समन्वयकर्ताको भूमिकामा रही सुशासन, विकास र जनताका अपेक्षाहरूलाई सम्बोधन गर्ने दायित्व पूरा गर्न व्यावसायिक, परिणाममूलक, र मापनयोग्य कार्ययोजना तयार गरी कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।

 

प्रदेश सरकारको श्वेतपत्र, वार्षिक नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना, क्षेत्रगत नीति, मन्त्रालय र अन्तरगतका वार्षिक कार्यक्रमहरूलाई निर्धारित अवधिभित्र सम्पन्न गर्न आफ्नो क्षमता र सामथ्र्यको पूर्ण उपयोग गनुपर्नेमा जोड दिनुभयो । यहाँहरुको कुशल नेतृत्वले उपलब्ध सिमित स्रोत साधनको अधिकतम परिचालनमा ध्यान दिने बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले .कोरोना महामारिले हाम्रो समग्र जीवनलाई थलापारेको छ । यो विषम परिस्थितिबाट उन्मुक्ति पाउने एक मात्र उपाय कोरोना विरुद्धको खोप नै हो र सरकार गठन भएदेखि नै सबै प्रदेशबासीलाई खोप उपलब्ध गराउने कुरामा संकल्पित रहँदै आएको बताउनुभयो । सरकारले खोपका लागि आवश्यक बजेटको समेत प्रबन्ध गरेको छ उहाँले भन्नुभयो,‘खोप हासिल गर्नका लागि प्रयत्नहरु गर्दै आएको छ । खोप प्राप्त गर्नका लागि नेपाल सरकार, निजी क्षेत्र, अन्तर्राष्ट्रिय समुदाय सबैसँग आ–आफ्नो ठाँउबाट सक्दो पहल यहाँहरु सबैले गरिदिनका लागि समेत आग्रह गर्दछु ।’

लगानीबाट मात्र उत्पादन, रोजगारी र आम्दानीको ढोका खुल्ने तथ्यका प्रति सरकार स्पष्ट छ उहाँले भन्नुभयो, लगानी गर्ने र व्यवसाय गर्ने अनुकुल वातावरण निर्माण गरी निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढन सरकार आतुर रहेको छ ।‘ प्रदेशमा लगानी भित्राउन, प्रदेशभित्र र बाहिरका लगानीकर्ताहरूको लगानी आकर्षण गर्न हामी सबैको प्रयासको आवश्यकता हुन्छ।’ उहाँले तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक क्षमताका क्षेत्रहरुको पहिचान गरी पर्यटन विकास,पूर्वाधार निर्माण, कृषिको आधुनिकीकरण र औद्योगीकरणमा टेवा पुग्ने गरी लगानी आकर्षित गर्न सकेमामात्र जनताको विकासको चाहना पूरा गर्न सक्ने हुँदा त्यसतर्फ यहाँहरु सबैले उचित ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

पारदर्शिता, सुशासन र उत्तरदायित्वको भावनालाई मूर्तरुप दिन खर्च प्रणालीमा मितव्ययिता र पारदर्शिता अपनाउनु हुनेछ । बेरूजु र उजुरी फर्छ्यौटमा पूर्ण तदारुकता देखाउन आग्रह गर्नुभयो । उहाँले मन्त्रालयको संस्थागत सुशासनलाई सुदृढ बनाउँदै आफू मातहतका निकाय÷समिति÷संरचनाहरूको प्रभावकारितामा बृद्धि ल्याउन समेत निर्देशन दिनुभयो ।

चालु खर्चलाई मितव्ययी बनाउने र पूँजीगत खर्चको परिचालनमा प्रभावकारिता वृद्धि हुने विश्वास ब्यक्त गदै आर्थिक वर्षको अन्त्यमा पूँजीगत खर्च गर्ने अवस्थालाई यसै आर्थिक वर्षदेखि यहाहरुको कुशल नेतृत्वले अन्त्य गर्नेछ र खर्च गर्ने क्षमता, मितव्ययिता तथा परिणाममुखी विकासमा यस प्रदेशको साख उच्च गराइराख्न अहोरात्र खटिनुहुनेछ भन्ने अपेक्षा गरेको छु भन्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...