महानगरद्धारा ५० जना भैसी किसानलाई अनुदान, नेपालमा अझै परम्परावादी कृषि प्रणाली : मन्त्री बराल

पोखरा, साउन १० गते ।गण्डकी प्रदेशका अर्थ—मन्त्री रामजी प्रसाद बराल जीवनले कृषि क्षेत्र अझै पनि परम्परावादी भएको बताएका छन्। पोखरा महानगरपालिका पशु सेवा शाखाले आइतबार पोखरामा आयोजना गरेको भैसी खरिदमा अनुदान कार्यक्रममा अनुदान वितरण गर्दै मन्त्री बरालले कृषिलाई आधुनिकिकरण र व्यवसायीक बनाउन जरुरी रहेको बताउदै अझै पनि नेपालमा पुरानै शैलीको कृषि परम्परा रहेको बताए ।

अरुणोदय दुग्ध उत्पादक तथा नश्नल सुधार सहकारी संस्थाको समन्वयमा भएको कार्यक्रममा वोल्दै मन्त्री बरालले केहीले कृषि सहकारी खोलेर अर्को खेलो समेत गर्ने गरेको टिप्पर्ढी गरे । कृषि बहुउद्धेश्य सहकारी आजको आवश्यकता भएको उनको भनाई थियो । किसानलाई प्रोत्साहन गर्न पोखरा महानगरपालिकाले किसानलाई अनुदान दिने कार्यक्रम सहित कृषक परिचय पत्र समेत वितरण गरेकोमा मन्त्री बरालले महानगरलाई धन्यवाद दिएका छन्। कृषिमा आत्मनिर्भर बनाउन कृषिको बिशिष्टिकृत हुन आवश्यक भएको उनले बताए । अहिले सवै भन्दा बढी उपेक्षित किसान भएको उनले बताए । उनले भने “कृषि जस्तो स्वाभिमानी, स्वावलम्भी पेशा अन्यमा छैन, मुलुकमा किसान र उनीहरुलाई हेर्ने दृश्टिकोण अलि फरक छ । ” मन्त्री बरालले राज्यको तर्फबट समेत किसानलाई प्रोत्साहन र सम्मान गर्न नसक्दा नेपालका किसानमा हिनतावोध भएको जनाए ।

 

२०७७, ०७८ को स्विकृत बार्षिक कार्यक्रम अनुसार लागत साझेदारीमा भैसी प्रबद्र्धन कार्यक्रम अन्र्तगत ५० जना कृषकलाई जनही ३४ हजार १ सय २४ का दरले भैसी खरिदमा अनुदान वितरण गरिएको पशुसेवा शाखाका प्रमुख नवराज अधिकारीले बताए । पोखरा महानगरपालिकाका उप—मेयर मन्जुदेवि गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...