पोखरामा आज १८ देखि ३३ वडामा भेरोसिल खोप लगाइदै

पोखरा, साउन ११ गते । पोखरा महानगरपालिकामा स्थगित कोरोना भाइरस विरुद्धको खोप लगाउने कार्यक्रम आज सञ्चालन हुने भएको छ । केहीदिन अघि लगाउदाँ लगाउदैको अवस्थामा स्वास्थ्य मन्त्रालयको निर्देशनमा स्थगित खोप कार्यक्रम आज सञ्चालन हुने भएको हो । पोखरा महानगरपालिकामा बसेको खोप व्यवस्थापन समितिको बैठकले विगतको कमजोरीलाई सच्याउदै सोमबारबाट खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।

साउन ११ गते महानगरका १८ देखि ३३ वडामा भेरोसिल खोपको पहिलो डोज लगाउने निर्णय भएको छ । महानगरका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले महानगरका लागि प्राप्त १७ हजार २ सय ६१ डोज भेरोसिल खोप आज लगाउने निर्णय गरेको हो । आज भेरोसिल लगाइने वडामा भोलि अमेरिकी सकारबाट अनुदान प्राप्त जेन्सन एण्ड सेन्सन खोप लगाइने महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो । त्यस्तै साउन १४ गते पोखरा महानगरका १ देखि १७ वडामा जेन्सन एंण्ड जेन्सन खोप लाइने छ । जेन्सन खोप १६ हजार ८ सय डोज महानगरका लागि आएको छ । जोन्सन खोप ५२–५४ वर्ष उमेर समुहलाई लगाइने छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...