छाता ओढेर खोपको प्रतिक्षामा  नागरिक

पोखरा, साउन ११ गते । पोखरा महानगरपालिकामा स्थगित कोरोना भाइरस विरुद्धको खोप लगाउने कार्यक्रम सोमबारबाट सुरु भएको छ ।  पोखरा महानगरका १८ देखि ३३ नम्वर वडामा कोरोना विरुद्धको खोप लगाइएको हो ।  महानगरका १८ देखि ३३ वडामा भेरोसिल खोपको पहिलो डोज लगाइएको हो ।

महानगरका लागि प्राप्त १७ हजार २ सय ६१ डोज भेरोसिल खोप लगाइएको छ । विहानैदेखि पोखरामा पानी परेपनि खोप लगाउनेको भिड लागेको थियो। खोप लगाउन ५५ वर्षमाथिका नागरिहरु पानीमा छाता ओडेर लाइनमा बस्नु भएको थियो । पानीको भन्दा ठूलो डर कोरोनाको छ पोखरा २१ की वडा सदस्य सीतादेवी विश्वकर्माले भन्नुभयो, ‘पानीको भन्दा धेरै पीडा कोरोनाको छ । त्यसैले विहानैदेखि नागरिकहरु लाइनमा बस्नुभएको छ ।’

 

भेरोसिल लगाएका वडामा मंगलबार अमेरिकी सकारबाट अनुदान प्राप्त जेन्सन एण्ड सेन्सन खोप लगाइने महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले बताउनुभयो । त्यस्तै साउन १४ गते पोखरा महानगरका १ देखि १७ वडामा जेन्सन एंण्ड जेन्सन खोप लगाइने छ । जेन्सन खोप १६ हजार ८ सय डोज महानगरका लागि आएको छ । जोन्सन खोप ५२–५४ वर्ष उमेर समुहलाई लगाइने छ । अपाङता भएका ब्यत्तिहरुका लागि छुटटै ब्यवस्था गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...