काँग्रेस क्रियाशील सदस्यता छानविन समितिले आज प्रतिवेद बुझाउदै

काठमाडौँ, साउन १२ गते । नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवादले निकास पाउने भएको छ । क्रियाशील सदस्यताको छानबिन गर्न गठित समितिले आज पार्टी सभापति शेरबहादुर देउवासमक्ष अन्तिम प्रतिवेदन बुझाउदै छ । झन्डै पाँच महिनाको निरन्तर छानबिनपछि समितिले प्रतिवेदन बुझाउन लागेको समितिले जनाएको छ ।


पार्टीको केन्द्रीय समितिले असार २० गतेसम्म छानबिन कार्य पूरा गर्न समितिलाई समयसीमा दिए पनि विवाद बढेपछि काँग्रेसको पदाधिकारी बैठकले समितिको म्याद असार मसान्तसम्म थप गर्दा पनि विवाद समाधान हुन नसकेपछि सभापति देउवाले तत्काल यसको समाधान गर्न र महाधिवेशनमा जुट्न निर्देशन दिनुभएको थियो । सभापतिको निर्देशनपछि केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित समितिले आफ्नो कार्य पूरा गरेको जानकारी सो समितिले दिएको हो ।

यसैबीच काँग्रेसका सभापति देउवाले मङ्गलबार पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाउनुभएको छ । पार्टीको क्रियाशील सदस्यताको अन्तिम निकास निकाल्नुका साथै महाधिवेशनको आवश्यक तयारीसमेत गर्न पदाधिकारी बैठक बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । सभापतिको निजी निवास बूढानीलकण्ठमा बोलाइएको सो बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने जनाइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...