एमाले विवादले कम्यूनिष्ट आन्दोलन संकटमा

पोखरा, साउन १३ गते । नेकपा एमालेमा अहिले देखिएको विवादका कारण कम्यूनष्टि आन्दोलन खतरामा परेको भन्दै चिन्ता ब्यक्त गरिएको छ । नेताहरुवीचको लडाईले पार्टीमा समस्या देखिएको बताउदै यसले नेपाली कम्यूनिष्ट आन्दोलनमा ठूलो क्षती हुने बताउदै पार्टीमा बढेको अराजकता र अनुशासनहिनताले नेपालको कम्यूनिष्ट आन्दोलन खतरामा पदै गएको बताइएको हो ।

मदन भण्डारी फाउण्डेसन कास्कीले आयोजना गरेको नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएका समस्या, यसका कारण र त्यसले पारेको प्रभाब बारे आयोजना गरेको अन्र्तरक्रियामा बोल्ने नेताहरुले पार्टीलाई एकताबद्ध बनाउदै अगाडी बढनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एमाले गण्डकी इन्चार्ज एवं पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पूर्व अर्थमन्त्र िकिरण गुरुङ, गण्डक सचिव गोबिन्द नेपाली, नेता भिम कार्र्की, पुण्य पौडेल, दिलिप बिक्रम शाही, ेजनारायण अधिकारी लगायतले कम्यूनिष्ट आन्दोलन र पार्टी विवादका विषयमा भनाई राख्नुभएको थियो । मदन भण्डारी फाउन्डेसन कास्की अध्यक्ष माधब वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा संचालन हिरा गिरले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...