बझाङमा एमाले एकताको छलफल अन्तिम चरणमा

नेकपा एमाले भित्रको आन्तिरिक किचलो बढ्दै गएका बेला बझाङमा भने एमाले एकै ठाउँमा हुने भएको छ । पार्टी भित्रको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको सुझावलाई आत्मासात् गर्दै एकताका लागि छलफल भइरहेको पार्टीका जिल्ला अध्यक्ष अफिलाल ओखेडाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पार्टी एकताका लागि भइरहेको अनौपचारिक छलफल अन्तिम चरणमा पुगेको छ । समन्वय तथा छलफल प्रभावकारी बन्दै गएको छ । जिल्लाभित्र र जिल्लाबाहिर रहेका नेताहरुसँग फोन तथा भेटेरै पनि छलफल भइरहेको छ ।” जिल्लाका शीर्ष नेताहरुबाट केही दिनभित्रै औपचारिक रुपमा पार्टी एकताको सन्देश आउने उहाँको भनाइ थियो ।

पूर्ववनमन्त्री तथा एमाले नेता भानुभक्त जोशीले कार्यदलको सुझावअनुसार आफूहरु २०७५ साल जेठ २ गतेको अवस्थामा फर्किने भएपछि सोही कमिटीलाई आधार मानेर एकताको पक्षमा उभिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयोे, “एमाले अध्यक्ष तथा निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली कार्यदलको सुझावअनुसार अगाडि बढ्न सहमत भएकाले हामीहरु पनि एकताको पक्षमा उभिएका हाँै । जिल्लामा पार्टी एकताका लागि छलफल भइरहेको छ । सम्भव भएसम्म हामी चाँडै नै निष्कर्षमा पुग्नेछौँ ।

जिल्लास्थित अन्य नेता तथा कार्यकर्ताहरुसँग पनि छलफल भइरहेकाले बझाङबाट चाँडै एकताको सन्देश आउने उहाँले भन्नुभयोे । जिल्लामा एमालेलाई एकताबद्ध बनाएर लैजान युवा नेताहरु पनि लागिपरेका छन् । हालसम्म एकताका पक्षमा सबै नेताहरु सकरात्मक भएकाले एकताको छलफल करीब अन्तिम चरणमा पुगेको अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज आशाकुमारी विकले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...