लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादीका संसदीय दलका नेता केसीको दावी

बुटवल, साउन २८ गते । लुम्बिनी प्रदेश नेकपा माओवादीका संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको समर्थन रहेको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दावी पेस गर्नुभएको छ ।

लुम्बिनी प्रदेशका काँग्रेससहितका विपक्षी गठबन्धनकोे तर्फबाट केसीले नयाँ सरकार बनाउन ४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दावी पेस गर्नुभएको हो ।

 

नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्र कनौडियाले नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा प्रदेशसभाका ४२ सांसदको समर्थनसहितको हस्ताक्षरसहित नयाँ सरकार बनाउन दावी पेस गरेको जानकारी दिनुभयो ।

 

प्रदेश प्रमुखको कार्यालयले विहीवार दिउँसो ३ बजेसम्म नयाँ सरकार बनाउन बहुमत सदस्यको हस्ताक्षरसहित दावी पेस गर्न प्रदेश सभाका प्रमुख राजनैतिक दलहरुलाई बुधवार सूचना जारी गरेको थियो ।

 

बिहीवार प्रस्तुत गरिएको दावीमा नेकपा माओवादी केन्द्रका १८, नेपाली काँग्रेसका १८, जसपा नेपालका ३, राष्ट्रिय जनमोर्चाका एक र सूर्य चुनाव चिह्नबाट प्रदेशसभा सदस्यमा निर्वाचित अजय शाहीले हस्ताक्षर गर्नुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...