काठमाडौं, भदौ ४ गते । अष्ट्रेलियाको राजधानी शहर सिड्नीमा लकडाउन थपिएको छ । सेप्टेम्बरको अन्त्यसम्मका लागि लकडाउन थपिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।


सिड्नीको अत्यन्तै प्रभाबित क्षेत्रका करिब २० लाख नागरिक बसोबास गर्ने क्षेत्रमा कफर््यु समेत लगाइएको छ । गत् जुन अन्त्यदेखि सिड्नीबासीले लकडाउनको सामना गरेका छन् । यद्दपी सङ्क्रमित थपिने क्रम रोकिएको छैन् । र गत साता मात्रै सङ्क्रमित संख्या दोब्बर भएको छ । शुक्रबार ६४२ जना नयाँ सङ्क्रमित थपिएका छन् । बिहीबार ६८१ जना थपिएका थिए ।

न्यू साउथ वेल्स प्रान्तका प्रिमियर ग्लैडिज बेरेजिक्लैनले घरभित्रै बसेर सघाएका अधिकांश ब्यक्तिसँग क्षमा माँग्दै स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर कठीन निर्णय लिनुपरेको बताउनुभएको छ । राति नौ बजेदेखि बिहान पाँच बजेसम्मलाई कर्फ्यु घोषणा गरिएको उहाँले जानकारी दिनुभयो । युवा वर्गको गतिबिधिलाई कम पार्न उक्त कदम चालिएको उहाँले प्रष्ट्याउनुभएको छ । प्रहरीले अबेर राति मापदण्ड उल्लंघन गर्नेको संख्या बढ्दै गएको बताएपछ कफर््यु लगाइएको उहाँले बताउनुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...