फाइनल साफ च्याम्पियनको लक्ष्य :प्रमुख प्रशिक्षक अलमुतैरी

पोखरा, भदौ ५ गते ।नेपाली राष्ट्रिय फुटबल टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले साफ च्याम्पियनसिपको फाइनल पुग्ने आफनो लक्ष्य रहेको बताउनु भएको छ । ‘साफ च्याम्पियनसिपमा नेपालको लक्ष्य नै फाईनल पुग्ने हो ।’

पोखरामा केही सञ्चारकर्मीसंग कुरा गदै उहाँले साफ फुटबलको फाइलन यात्रा तय गर्न नसकेकको बताउदै नेपाली टिमको लक्ष्य फाइलन पुग्ने रहेको बताउनुभयो । साफ च्याम्पियनसिपमा बंगलादेश, श्रीलंका, माल्दिभ्स र भारतले उपाधि जितिसकेका छन । सन १९९३ मा सेमिफाईनलसम्मको यात्रा तय गरेको नेपाली टोली त्यसभन्दा अघि बढ्न सकेको छैन् ।

नेपालले फाइनलसम्म पुगेको छैन उहाँले भन्नुभयो,‘इतिहास सृजना गर्ने हो । हामी फाइनल पुग्ने योजना सहित मैदान उत्रने छौँ ।’ उहाँले नेपाली राष्ट्रिय टिमले कडा मेहनत गरिरहेको बताउदै भन्नुभयो, ‘यो नेपाली राष्ट्रिय टिम मात्रै हैन् । वीर गोरखाली । त्यसैले आफनो लक्ष्य छाड्दैन । अहिलेसम्म कसैसंग झुकेको छैन । हामी पनि अन्तिम समयसम्म पनि संघर्ष गर्ने छौँ । मिनेट र सेकेण्डसम्म संघर्ष गर्ने छौ ।’

प्रमुख प्रशिक्षक अलमतैरीले पोखरामा प्रशिक्षण गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले पोखरा राम्रो र सुन्दर रहेको बताउदै आफनो अवकासपछि आफनो परिवार सहित बस्न आउने समेत बताउनुभयो । मेरो रिटाण्ड लाइफपछि मेरो परिवारसंगै पोखरा आउने छु उहाँले भन्नुभयो, ‘यहाँको सवैले माया गर्नुभएको छ ।’ साफ च्याम्पियनशीपको पहिलो खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । माल्दिभ्स साफ च्याम्पियनशीपको दाबेदार राष्ट्र हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...