साबित्रीलाई कौशी खेतीेले दिलायो सम्मान

पोखरा, भदौ ७ गते । गाँउका जग्गा जमिन बाँझै छन् । रोजगारी खोज्दै धेरै युवा खाडी पसेका छन् । तर कृषि व्यवसायलाई व्यवसायीक रुपमा गरे । यही आम्दानी गर्न सकिन्छ । सहरका खेती योग्य जमिनमा कंक्रिटका घर ठडिएका छन् । खेतीका लागि जमिनको अभाव छ । तर पर्यटकीय सहर पोखरामा घरको छतमा तरकारी, फुलफुल पलाएर उदारणी मात्रै हैन् सम्मान समेत दिलायो सावित्री घिमिरेलाई । पोखराको व्यस्त बजार पृथ्वीचोकाबाट केही तल नागढुंगामा आफनो घरको छतमा छिमेकीलाई समेत लोभ्याउने गरी तरकारी फलाउनु भएको छ ।


अहिले बजारमा तरकारीको मुल्य आकाशिएको छ ।तर उहाँलाई तरकारीको मुल्य थाहै छैन् । करिव तीन वर्षदेखि तरकारी किन्न बाहिर जानुपरेको छैन् । उहाँले छतमा फलाएको तरकारी देखेर छिमेकीहरु समेत कोशौखेतीमा आकर्षित हुनुभएको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणले देशमा लककडाउन भयो । त्यही लकडाउनलाई उहाँले सदुपयोग गरेर कौसी खेती सुरु गर्नुभयो । गाउँघरका खेतबारी बाँझै छन् ।

 

रोजगारीका लागी विदेश भौतारीएकाहरुका लागी समेत लकडाउनले पाठ सिकाएको छ। छतमा घिरौला, लौका, करेला, कात्र्रmा र कागती, साग, गोलभेडाँ, प्याज, धनियाँ कौसीमा फलाउनु भएकी घिमिरले कृषि सम्म्मान प्राप्त गर्नुभएको छ । उहाँलाई मानवीय सेवा अभियानले सञ्चालन गरेको कुलचन्द्र स्मृति कृषि सम्मान २०७८ बाट पोखरा सम्मान गरेको हो ।उहाँकै घरमा पुगेर अभियानले सम्मान गरेको छ ।उद्यमी तथा समाजसेवी व्यक्तित्व स्व. कुलचन्द्र बास्तोलाको स्मृतिमा परिवारले प्रदान गर्ने पुरस्कार यो बर्ष कौसी खेती गर्दै आउनु भएकी घिमिरेलाई प्रदान गरिएको हो । मानवीय सेवा अभियानका अध्यक्ष एवं पत्रकार सुष्मा पौडेलले सम्मान हस्तान्तरण गर्नुभयो । घिमिरेलाई नगद, सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

स्व.बास्तोलाले कृषि क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै स्थापना गरिएको कृषि सम्मानवाट कौसी खेती तथा जनजागरणमा योगदान पु¥याएकोमा घिमिरेलाई सम्मान गरिएको पौडेलले बताउनुभयो । सम्मानित हुदैँ घिमिरेले घरमै आएर आफुले गरेको मेहनतको कदर भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा समेत सक्रिय भएर लाग्ने उत्प्रेरणा मिलेको बताउनुभयो । घिमिरेले सम्मान मार्फत पाएको रकममा उत्तीनै रकम थप गरि मानवीय सेवा अभियानलाइ नै हस्तान्तरण गर्नुभयो । ‘यो सम्मानको लागि धेरै धेरै धन्यवाद मानवीय सेवा अभियान कास्की लाई । यो सम्मानले अझैं सामाजिक क्षेत्र मा अगाडि बढ्न ऊर्जा मिल्नुका साथै कौशीमा हरियाली वढाउन र फोहर व्यावस्थापन गरि मल बनाई कौसीमा फलफूल र तरकारी खेती गर्न थप हौसला मिलेको छ’ घिमिरेले थप्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...