नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

काठमाडौं, भदौ ७ गते । नेपालको राष्ट्रिय क्रिकेट टोलीका सदस्यले लगाउने पहिरन(जर्सी) परिवर्तन गरिएको छ । सोमबार एक समारोहका बीच नेपालको राष्ट्रिय क्रिकेट टोलीको जर्सी सार्वजनीक गरिएको हो ।


रातो र नीलो रङ्गको जर्सीको देब्रपट्टीमाथि नेपाल क्रिकेट संघको लोगो र नेपालको राष्ट्रिय झण्डा अङ्कित गरिएको छ । जर्सीको प्रायोजक ‘माइ सेकेण्ड टिचर’ मध्य भागमा लेखिएको छ भने मुनि नेपाल लेखिएको छ ।

नेपाल क्रिकेट सङ्घ९क्यान०ले करिब ४० दिन अघि जर्सीको नमुना तयार गर्न खुला गरेको थियो । उत्कृष्ट नमूना ठहरिनेलाई एक लाख रुपियाँ पुरस्कार दिइने क्यानले जनाएको थियो । क्यानको उक्त सूचना बमोजिम करिब पाँच सय जनाले राष्ट्रिय क्रिकेट टोलीको जर्सीको नमूना पठाएको थियो । जसमध्ये आदर्श पोखरेलले तयार गर्नुभएको नमुना क्यानले स्वीकृत गर्दै लागू गरेको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...