बाढीले पोल्ट्री फार्म डुबाउँदा १२ हजार कुखुरा मरे

बाढीले पोल्ट्री फार्म डुबाउँदा १२ हजार कुखुरा मरेका छन् । अविरल वर्षापछि आएको बाढीले नवलपरासी पूर्व (नवलपुर)को देवचुली नगरपालिका वडा नम्बर ११ कुनाघाटमा चन्द्रमाया क्षेत्रीले सञ्चालन गरेको उज्वल पोल्ट्री फार्म डुबाउँदा १२ हजार लेयर्स कुखुरा मरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

ती कुखुरा मर्दा करीब १ करोड ३२ लाख रुपैयाँ बराबरको क्षेति पुगेको प्रदेश प्रहरीको वुलेटिनमा उल्लेख छ ।घटनाको थप जानकारी लिने काम भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...