राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक ह्वाटमोरको राजीनामा

काठमाडौं, भदौ । नेपालको राष्ट्रिय क्रिकेट टोलिका प्रमुख प्रशिक्षक डेभ व्हाटमोरले राजिनामा दिनुभएको छ । राष्ट्रिय क्रिकेट टोलिसँगै ओमान भ्रमणमा रहनुभएका उहाँले नेपाल क्रिकेट संघ९क्यान०लाई इमेल पठाएर राजिनामा दिएको जानकारी गराउनुभएको छ । क्यानका सचिब अशोकनाथ प्याकुरेलले उहाँको राजिनामाको पुष्टि गर्नुभएको छ ।


सचिब प्याकुरेलले ओमान भ्रमण सकिएपछि सम्झौताको म्याद थप्नेबारे छलफल गर्ने क्यानले सोच बनाएकोमा बीचमै राजिनामा आउनु अप्रत्याशित भएको प्रतिक्रिया दिनुभयो । गत् पुस पहिलो साता उहाँसँग नेपाल क्रिकेट संघले एक वर्षे अनुबन्धन सम्झौता गर्दै प्रशिक्षकमा नियुक्त गरेको थियो ।

 

क्यानका सचिब प्याकुरेलले भन्नुभयो, “सम्झौताको ‘टिओआर’भित्रै रहेर उहाँले राजिनामा गर्नुभएको हो तर राजिनामाको उपयुक्त समय भएन ।” राष्ट्रिय क्रिकेट टोलि हाल विश्वकप क्रिकेट लिग–२ खेल्न ओमानमा रहेको छ । टोलि तयारीमा रहँदा प्रमुख प्रशिक्षकको राजिनामाले खेलाडीको समग्र प्रदर्शन प्रभाबित हुने आँकलन गरिएको छ ।प्याकुरेलले ओमान भ्रमण सकिएपछि उहाँको राजिनामा लागू हुने बताउनुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...