नार्क प्रविधि गाउँ आँवुबरादीमा मत्स्य पालन प्रविधि प्रर्दशन

पोखरा, भदौ १३ गते।नार्क प्रविधि गाउँ आवुँबरादीमा मत्स्य पालन प्रविधि प्रर्दशनको सुभारम्भ गरिएको छ । कृषि अनुसन्धान निर्देशनालय गण्डकी प्रदेश लुम्लेको आयोजना एवं मत्स्य अनुसन्धानकेन्द्र वेगनासको सह आयोजनामा शुक्रबार उक्त प्रर्दशनको सुभारम्भ गरिएको हो ।


प्रविधि प्रर्दशनको उद्घाटन गर्दे नेपाल कृषि अनुसन्धान परिषदका निर्देशक स्वयं प्रकाश श्रेष्ठले पोखरी र धान खेतमा छोडेका माछाहरुको राम्रो ब्यवस्थापन गर्नुपर्ने बताउनु भयो । किसानहरुलाई कर्मप्रति विश्वास गर्नुपर्ने भन्दै उहाँले किसानहरुलाई नयाँ प्रविधिको उपयोग गर्नपनि आग्रह गर्नुभयो । किसानको काम उत्पादन गर्ने भएकोले किसानले आफैले विक्रिगर्न सक्ने बातावरण सहकारी मार्फत हुन सक्ने उहाँको भनाई थियो ।

आबुँबरादी गाउँपालिका अध्यक्ष विरबहादुर थापाले लुम्ले अनुसन्धान केन्द्रले पहिलेपनि आफ्नो ठाउँमा विभिन्न कार्यक्रम ल्याएको स्मरण गर्दे बरादीका किसानको जिवनस्तर उकास्न सहयोग पुग्ने बताउनु भयो । किसानहरुको पुरै साथ र सहयोग चाहिने भन्दै जती सक्दो राम्रो गर्न किसानहरुलाई आग्रह गर्नुभयो ।राष्ट्रिय मत्स्य अनुसन्धान केन्द्र गोदावरीका प्रमुख आशा रायमाझीले माछाको बजार राम्रो रहेको भन्दै बरादीमा एक घर एक पोखरी बनाउन किसानहरुलाई सुझाव दिनु भयो ।

नार्ककाका अनुगमन मुल्याङकन महाशाखा प्रमुख डाक्टर सुधा सापकोटाले अनुसन्धान केन्द्रमा किसानको मागको आधारमा नयाँ नयाँ प्रविधिको विकास गरिरहेको हुने र उक्त प्रविधि किसानको खेतबारीमा पु¥याउने प्रयत्न स्वरुप कार्यक्रम गरिएको बताउनु भयो । नेपालमा नार्क प्रविधि गाउँ भनेर हाल आएर कार्यक्रम शुरु गरिएको भएपनि अन्यदेशले भने पहिलेदेखिनै प्रयोगमा ल्याईसकेको बताउनु भयो । मत्स्य अनुसन्धान केन्द्र वेगनासका प्रमुख डाक्टर मोहमद इकवाल हुसेनले नेपालमा माछा पालनको राम्रो सम्भावना हुदा हुदैपनि अहिले पनि बार्षिक १० मेट्रिकटन माछा आयत गर्नुपरेको बताउनु भयो उहाँले शुक्रबार किसानको धान खेत र पोखरीमा ११ सय वटा माछाका भुरा छोडिएको जानकारी दिनु भयो ।एक रोपनी धानखेत बाट ३ महिनामा ७ हजारको माछा उत्पादन गर्न सकिने उहाँको भनाई थियो ।

 

कृषि अनुसन्धान निर्देशनालय गण्डकी प्रदेश लुम्लेका निर्देशक डाक्टर कालिका प्रसाद उपाध्यायले नार्क प्रविधि गाउँका किसानलाई फाइदै फाइदा हुने बताउनु भएको छ । प्रविधि हामी दिन्छौ तपाईहरुले मेहनत गर्नुभयो भने बरादीलाई कृषि पर्यटनको रुपमा विकास गर्न सकिन्छ । किसान ,प्राविधिक र प्रविधि साथ साथ भएपछि कृषिमा फड्को मार्न सकिने उहाँको भनाई थियो ।उहाँले धानखेतमा माछापालन प्रविधि प्रदर्शनी र बहुजातीय माछापालन प्रविधिको प्रर्दशन गरिएको जानकारी दिनु भयो ।

कृषि अनुसन्धान निर्देशनालय गण्डकी प्रदेश लुम्लेका वैज्ञानिक काशीनाथ चिलुवाल अनुसन्धान केन्द्रंहरुले निकालेका नयाँ नयाँ प्रविधि नार्क प्रविधि गाउँमा प्रर्दशन गरिने बताउनु भयो ।यस अघि नार्क प्रविधि गाउँमा बृहत्त फलफूल वगैचा ब्यवस्थापन अन्तरगत कागती सुन्तला र मेकाडेमिया नट लगाइएको थियो । कार्यक्रममा बोल्दै धान खेतमा माछापालनका कृषि चिजा गुरुङले नयाँ प्रविधिको प्रयोग स्वरुप पहिलो पटक एक रोपनी धान खेतमा माछापालन गरेको र राम्रो भए अगामी दिनमा विस्तार गर्ने सोचमा रहेको जनाउनु भयो । कार्यक्रममा बोल्ने कृषकहरुले आफुहरु नयाँ नयाँ प्रविधि पाएर उत्साहित भएको जनाउनु भएको थियो । कार्यक्रममा कृषक विरबहादुर पन्त,चेतबहादुर थापा लगायतले बोल्नु भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...