नेपालसँग मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली काठमाडौंमा

काठमाडौं । भारतीय राष्ट्रिय फुटबल टोली नेपालसँगको मैत्रीपूर्ण खेलका लागि सोमबार नेपाल आइपुगेको छ ।भदौ १७ र २० गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलका लागि कप्तान सुनिल क्षेत्रीसहित २५ सदस्यीय टोली केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएको हो ।

दुवै टिम अगामी अक्टोबर १ देखि १६ सम्म माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा छन् ।यसअघि नेपालले भारतसँग २०१५ मार्चमा दशरथ रंगाशालामा खेलेको थियो । २०१८ को विश्वकप छनौट खेलमा दुवै टोली गोलरहित बराबरीमा रोकिएका थिए ।

अहिलेसम्म नेपाल-भारत टिम १९ खेलमा आमने-सामने भएका छन् । त्यसमध्ये भारतले १३ खेल जितेको छ । नेपालले भारतलाई दुईपटक जितेको छ । नेपालले अन्तिमपटक काठमाडौंमा भएको २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई २-१ गोलले पराजित गरेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...