प्रथम अन्तर्राष्ट्रिय धावक स्व. जोशीको प्रतिमा अनावरण

प्रथम एसियाली खेलकुद खेलकुद १९५१( नयाँदिल्ली) नेपालका प्रथम अन्तराष्ट्रिय धावक तथा नेपाली सेनाका पहिलो पुस्ताका खेलाडी स्व. गजराज जोशीको प्रतिमा अनावरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल ओलम्पिक संग्रालयको आयोजनामा नेपाल ओलम्पिक कमिटिको प्रेक्षालयमा आयोजित कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवम् माननीय सासद जिवनराम श्रेष्ठले प्रतिमा अनावरण गरेका हुन ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटका महासचिव निलेन्द्रराज श्रेष्ठ, उपाध्यक्षद्धय चतुरानन्द राज वैद्य, ज्योती राणा, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी सहित प्रमुख अतिथि श्रेष्ठले गजराज जोशीका विभिन्न आयमहरुका बारेमा धारणा राखेका थिए ।प्रमुख अतिथी श्रेष्ठले स्व. जोशीलाई आफुले एक खेलाडीको रुपमा मात्र स्मरण गरेकोमा आज आएर उनका बारेमा विविध जानकारी हासिल गर्न पाएको बताए । उनले आउदो पिढीको लागि स्व. जोशीको योगदानबाट प्रेरणा मिल्ने बताए ।

 

ओलम्पिक संग्राहलयमा खेल क्षेत्रलाई विकास गर्न योगदान गर्ने खेल कर्मी र विभिन्न खेलाडीहरुको प्रतिमा स्थापना गर्ने लक्ष रहेता पनि स्व. गजराज जोशीको खेलकुद लगायत विभिन्न क्षेत्रमा गरिएको योगदानको कदर गर्दै उनको प्रतिमा स्थापना गरिएको नेपाल ओलम्पिक संग्राहलयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले बताए ।उक्त अवसरमा गजराज जोशीका पुत्र, नेपाल फुटभली संघका अध्यक्ष एवम् भेट्रान एथलेटिक्स खेलाडी मनिष जोशीलाई मानार्थ सदस्यता समेत प्रदान गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...