कास्की जिल्ला हक्की संघको अध्यक्षमा मिलन केसी

पोखरा, भदौ १६ गते । सम्भावना बोेकेको खेल हो हक्की । तर यसको अभिभावकत्व ग्रहण गर्ने संघ निस्क्रिय हुदाँ गति लिन सकेको थिएन । लामो समयदेखि हक्की संघ कास्कीको अधिवेशन समेत हुन सकेको थिएन् । संघको बुधबार सम्पन्न चौथो अधिवेशनले मिलन केसीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।


संघको उपाध्यक्षमा चनमन श्रीमल, द्धितीय उपाध्यक्ष्मा भरत थापा, सचिवमा बुद्धिबहादुर खत्री क्षत्री, कोषाध्यक्षमा राजन श्रेष्ठलाई चयन गरेको । त्यस्तै सदस्यहरुमा मनोज सिल्पकार, शान्ति गुरुङ, बुद्ध गुरुङ, सोमबहादुर थापा(सुजन) र नविन गुरुङ(डिबी) रहेका छन् । नेपाल हक्की संघका केन्द्रीय उपाध्यक्ष हिमाल खड्काको उपस्थितिमा अधिवेशन सम्पन्न भएको हो ।

कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँले अधिवेशनको उदघाटन गर्दै हक्की सम्भावना बोकेको खेल भएकाले यसका लागि आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्ने बताउनुभयो । उहाँले खेलाडीहरुले मैदान अभावको गुनासो गरेपछि रंगशालाको पार्किङ क्षेत्रलाई अस्थायी रुपमा मैदान उपलब्ध गराइएको बताउनुभयो ।


संघका नवनिर्वाचित अध्यक्ष केसीले घरेलु मैदानमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उच्च प्रदर्शन नै मुख्य चुनौति रहेको उल्लेख गदै त्यसका लागि आफुले काम गर्ने बताउनुभयो । ‘मैदान तयार हुदैं छ । खेलाडीहरु मैदान नहुदाँ पनि जेनतेन प्रशिक्षण गरिरहेका छन् । मैदान भएपछि अझ सहज र उत्कृष्ट नजिता आउनेमा विश्वास लिएका छौं ।’ उहाँको भनाई थियो ।पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारले खेलाडीको पक्षमा संघले काम गर्नुपर्ने बताउदै गण्डकी प्रदेशमा हक्कीको प्रचुर सम्भावना रहेको बताउनुभयो । उहाँले महानगरपालिकाभित्र हक्कीका लागि मैदानको खोजी भैरहेको बताउनुभयो ।

 

कार्यक्रममा हक्कीका पूर्व खेलाडी बिमलमान गुभाजु, महानगर खेलकुद विकास समितिका सदस्यसचिव शुभाष खडका र हक्कीका निर्वतमान सचिव एकराज गिरी लगायतले बोल्नु भएको थियो। कार्यक्रम हक्की सघका केन्द्रीय उपाध्यक्ष एवं केन्द्रीय प्रतिनिधि हिमाल खड्कको अध्यतामा भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...