क्यान महासंघ कास्कीद्वारा सूचना प्रविधि सम्बन्धी अवधारणा पत्र पेश

कम्प्युटर एसोसियसन नेपाल महासंघ कास्की शाखाको १३ अैा वार्षिक उत्सवको अवसरमा कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री माननीय श्री विन्दु कुमार थापालाई सूचना प्रविधि सम्बन्धी संस्थागत अवधारणा पत्र पेश गरेको छ । उक्त कार्यक्रमको अवसरमा मन्त्री थापालाई बधाई ज्ञापन ब्यक्त गरेको छ ।

गण्डकी प्रदेशमा सुचना, सञ्चार तथा प्रविधिको विकास, प्रबर्दन र नियमन गर्न संघीय शासन प्रणाली अनुकुल प्रदेशस्तरमा सूचना तथा प्रविधि सम्वन्धी आधारभूत पुर्वधारको विकास तथा सूचना प्रविधिको महत्वलाई उजागर गर्नको लागी क्यान कास्कीबाट तयार गरिएको संस्थागत अवधारण पेश गरेको हो ।

उक्त कार्यक्रमा प्रमुख अतिथीको मन्तब्य राख्दै मन्त्री थापाले हरेक क्षेत्र र ब्यक्तिसंग जोडिएको सु्चना प्रविधिलाई अगाडी वढाउन क्यान कास्कीसंग सहकार्य गर्ने बताए । सोही कार्यक्रममा शुभकामना मन्तब्य राख्दै क्यान महासंघ गण्डकी प्रदेशका अध्यक्ष तुलसि राम पाण्डेले आइटी सेवालाई राज्यले अति आवश्यक सेवा अन्र्तगत राखी सोही अनुरुपको सेवा सुविधा प्रदान नगरेकोमा गुनासो ब्यक्त गरे । क्यान कास्कीका संस्थापक महासचिव तथा संस्थाका पूर्व अध्यक्ष चण्डी प्रसाद अर्यालले नेपाल सरकारले ब्यवस्था गरेका सुचना प्रविधिका निति नियम तथा सेवालाई गण्डकी प्रदेशले पनि कार्यन्वयन गर्दा आइसिटि क्षेत्रमा टेवा पुग्ने बताए ।

क्यान कास्कीका कार्यवहाक अध्यक्ष श्री दुधमान गुरुङ्ग ‘आषिश’को अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा क्यान कास्कीका सदस्य गोविन्द प्रसाद रिजालद्वारा अवधारण पत्र प्रस्तुत गरेका थिए भने कार्यक्रम संयोजक तथा संस्थाका निवर्तमान अध्यक्ष युवराज पौडेलले स्वागत मन्तब्य र कार्यक्रम संचालन संस्थाका सचिव सेवक क्षितिजले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...