पोखरामा खोलाले बगाउदाँ मगरको मृत्यु

पोखरा, भदौ १८ गते । पोखरामा खोला तर्ने क्रममा बगाएर एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्वर ३२ खुदिखोला (बेगनास तालबाट आएको) खोलाले बगाउदाँ वर्ष ६० का रमेश मगरलाई बगाएको हो ।

उनी खोला तरेर गगनगौंडा तर्फ जाने क्रममा ३० मिटर तल बगाई लगेको र स्थानीयले रुखमा अड्किएको अवस्थामा देखी उद्धार गरी खोला बाहिर निकालेका जिए । उक्त खबर प्राप्त हुनासाथ प्रहरी टोली पुगेर उपचारको लागि शिशुवा अस्पताल ल्याएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...