बागालेटोल तमु समाजको अध्यक्षमा पुन: दिलबहादुर गुरुङ

पोखरा, १९ भदौ/पोखरा ८ बगालेटोल स्थित तमु धी नेपालकाे क्षेत्रिय संस्था बहालेटोल तमु समाजको ३८ औं बार्षिक साधारण सभा र २७ औं अधिवेशन शनिबार सम्पन्न भएको छ। अधिवेशनले तीन वर्ष कार्यकालका लागि पुन: समाजसेवी दिलबहादुर गुरूङको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिति सर्वसम्मतिले गठन गरेको छ।


नवगठित कार्यसमितिको उपाध्यक्षमा मुकुल गुरुङ, सचिवमा भिमबहादुर गुरुङ, सहसचिवमा सोमबहादुर गुरुङ, कोषाध्यक्षमा पुन: मनश्री गुरुङ चयन हुनुभएको छ।यसरी नै सदस्यहरुमा होम बहादुर गुरुङ, गौमान गुरुङ, जुमप्रसाद गुरुङ, पञ्च कुमारी गुरुङ, मिलन कुमार गुरूङ र कुमार गुरुङ रहनु भएको छ।

यस अघि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि तमु धी नेपालका अध्यक्ष हुमबहादुर गुरुङले तमु धीं नेपाल भन्दा अगाडि स्थापित भएको समाजबाट आफूहरुले धेरै सिक्न पाएको बताउनु भयो। तमुहरु एकताबद्ध भई बस्न रूचाउने जाति भएकाले तमु धी र तमु ह्युल छोंज धीं एकताको अभियानमा रहेको उहाले जानकारी दिनुभयो। अहिले कोरोना काहरको बीचमा पनि तमु धी नेपाल भौतिक निर्माण अभियानमा रहेकाले सबैको साथ सहयोगको अपेक्षा समेत गर्नुभयो।

कार्यक्रममा सल्लाहकार अध्यक्ष मेजर डिलबहादुर गुरुङ र आमा समिति अध्यक्ष पञ्चकुमारी गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।साधारण सभामा सचिव प्रेमबहादुर गुरुङले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष मानश्री गुरुङले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो।समाजका अध्यक्ष दिलबहादुर गुरुङको अध्यक्षता मा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सूबेदार भक्त बहादुर गुरुङ र सञ्चालन सचिव प्रेम बहादुर गुरुङले गर्नुभएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...