रामराज लामिछानेद्वारा काँग्रेसको पोखरा महानगर सभापतिमा उम्मेदवारी घोषणा

पोखरा, २१ भदौ ।नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पोखरा महानगरको नगर सभापतिमा रामराज लामिछाने  उम्मेदवारी घोषणा गरेका छन् ।यसअघि १३ औं महाधिवेशनमा जिल्ला सचिव रहेका लामिछाने हाल पोखरा महानरपालिका वडा ९ का वडा अध्यक्ष हुन् । उनले पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तासँग छलफल गरी आफ्नो उम्मेदवारी घोषणा गरेको बताएका छन् ।


२०३६ सालदेखि नेविसंघबाट राजनीति शुरु गरेका लामिछानेसँग तरुण दल हुँदै कास्की काँग्रेसको सचिव पदमा रहेर काम गरेको अनुभव छ । सानै उमेरदेखि जनताका सुखदुखमा काम गरेकाले वडा अध्यक्ष हँुदा जनताको पक्षमा काम गर्ने सजिलो भएको दाबी उनमा छ  ।

लामिछानेलाई गत स्थानीय तहमा निर्वाचनमा पार्टीले पोखरा ९ को अध्यक्षका लागि सिफारीस गयर्‍यो ।   अध्यक्षमा निर्वाचित भएपछि सचिव पद छोडेर जनताको सेवामा लागेका थिए ।  पार्टीमा कुशल नेताको छबि बनाएका लामिछाने हाल पोखरा महानगरमा काँग्रेसको तर्फबाट दलको नेता तथा सचेतक रहेर महानगरमा भएका अयिनयमिताकाबारे खबरदारी गर्दै आएका छन् ।

पार्टीको संगठन बलियो बनाएर आगामी निर्वाचनमा पार्टी जिताउने क्षमता आफूमा रहेको उनले दाबी गरेका छन् । उनले पार्टीका शीर्षनेतादेखि केन्द्रीय, क्षेत्र, जिल्ला र वडा तहका नेतासँग निकट रहेर काम गरेका अनुभव छ । पार्टी संगठन र कार्यकर्ता व्यवस्थापनमा कुशल रहेको दाबी उनमा छ ।

पार्टीमा गुट उपगुटभन्दा एक ढिक्का बनाएर लैजानु पर्ने आवाज सधैँ उठाउँदै आएका लामिछानेले नगरको जिम्मा पाए पार्टीलाई अझै बलियो बनाउन सक्ने क्षमता आफूमा रहेको उनको दाबी छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...