स्वास्थ्यमन्त्री अधिकारीसंग विश्व बैक र एसियाली बिकास बैक प्रतिनिधी भेट

पोखरा, भदौ २१ गते । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङ्ग र बिस्व बैक तथा एसियाली बिकास बैकका प्रतिनिधी बिच भेटघाट भएको छ ।

भेटका क्रममा प्रतिनिधि मण्डलले गण्डकी प्रदेशका जिल्लाहरुमा भैरहेका खोप कार्यक्रमको अनुगमन गरेको र खोप बितरणका बारेमा जानकारी लिएको बताएको थियो । सो अबसरमा प्रदेशका मनाङ्ग र मुस्ताङ्ग जिल्लालाई १८ बर्ष माथिका पुर्ण कोरोना खोप जिल्ला बनाउन सफल भएकोमा बधाई दिएको छ । कोरोना महामारी नियन्त्रणका लागि आपसी सहकार्यको निरन्तरताको आबस्यक भएको भन्दै संक्रमण नियन्त्रणका प्रयास बारे पनि छलफल भएको थियो ।

छलफलका क्रममा स्वाथ्य मन्त्री अधिकारीले खोप बितरण कार्यक्रमको मन्त्रालयले पनि निगरानी तथा उच्च प्राथमिकताका साथ हरेको बताउनु भयो । संक्रमण एकल प्रयासले मात्र नभई बिस्वभर साझा प्रयत्नका माध्यमबाट नियन्त्रण हुने मन्त्री अधिकारीको भनाई थियो । कोरोना भाईरसको नयाँ लहरलाई नियन्त्रणका लागि पनि सरकार निरन्तर लागिरहेको उहाँको भनाई थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...