मुख्यमन्त्री कार्यालयमा कार्यरत भुर्तेल उत्कृष्ट कर्मचारी

पोखरा । मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय गण्डकीमा कार्यरत कम्प्युटर अपरेटर(पाँचौं तह) सज्जन भुर्तेल यो वर्षको उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत भएका छन् । निजामती कर्मचारी सेवा दिवसको अवसर पारेर उनलाई पुरस्कृत गरिएको हो । भुर्तेल उक्त कार्यालयको मानव संशाधन शाखामा कार्यरत छन् ।


मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भुर्तेललाई प्रमाणपत्रसहित सम्मान गरे । कार्यक्रममा मुख्यमन्त्री पोखरेलले व्यावसायिकता र सिर्जनशीलतासहित कार्य सम्पादन गर्न आग्रह गरे । उनले भने, ‘इमान्दारिताका साथ कर्तव्य निर्वाह गर्दै जनताको सेवामा समर्पित हुन जरुरी छ ।’ मुख्यमन्त्री पोखरेलले राजनीति स्वार्थ नराखी सेवालाई केन्द्रमा राखेर काम गर्न निर्देशन समेत दिए ।

प्रमुख सचिव डा. दामोदर रेग्मीले राजनीति नेतृत्वको भिजनलाई कर्मचारीतन्त्रले कार्ययोजना बनाइएर लागु गर्नुपर्ने बताए । पुरस्कृत भुर्तेललाई बधाई दिँदै उनले इमान्दारिताका साथ कर्तव्य निर्वाह गरेमा पुरस्कारले पछ्याउँदै आएको बताए । उपसचिव रामेश्वर अर्यालले आन्तरिक रुपमा समिति बनाएर त्यही समितिले उत्कृष्ट कर्मचारी सिफारिस गरेको बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...