डा. कृष्णहरी बरालको तीज गीत नांच्ने हो अब युट्युवमा

डा. कृष्णहरी बरालको शब्द, रामकृष्ण थापाको शब्द संयोजन, रामकृष्ण थापाको संगीत र गायिका रोजी डंगोल श्रेष्ठ र शोभा पाण्डेको स्वरवद्ध  तथा निर्देशन सुरेश पाण्डेले गर्नुभएको तीज गीत नांच्ने हो अब हालै सार्वजनिक गरिएको छ ।  काठमाण्डौं उपत्यकाको रमणीयस्थल चिसापानीमा छायांकन गरिएको उक्त गीतमा करिष्मा ढकाल र रेखा को नृत्य हेर्न सकिन्छ । उक्त तीज गीतमा लेखकले पृथक ढंगबाट मुख्य नेपाली चेलीहरुले मनाउने तीज पर्वको बारेमा नारीहरुले आकाशको बादल गर्जिए पनि धर्तीमै झर्ने हो भनेर आफ्ना प्रिय पात्रलाई इङ्गित गरिएको र नयां सन्देश दिएको छ ।

यस गितमा मुख्यतया नारी रोदनलाई भन्दा पनि जीवन सुशीयालीसाथ बिताउनको लागी जीवन संगीको एक अर्कामा मायां, प्रेम हुनुपर्नेमा जोड दिएको पाइन्छ । डा. कृष्णहरी बरालद्धारा लेखिएको यस गीतमा चर्चित गायीका रोजी डंगोल तथा शोभा पाण्डेले आफ्नो सुमधुर स्वरलाई श्रोतामाझ ऊजागर गरेका छन् । गीतलाई आम नागरिक, श्रोताहरुले युटयेवमा नांच्ने हो अब सर्च गरेर हेर्न सकिन्छ । यस गितमा बालचन्द्र श्रेष्ठको विशेष सहयोग रहेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...