नेपालमा सबै प्रकारका क्रिप्टोकरेन्सी गैरकानूनी, कारोबारमा संलग्न भए सजाय हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा कुनै पनि प्रकारका क्रिप्टोकरेन्सी गैरकानूनी रहेको बताएको छ ।

पछिल्लो समय क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङ जस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने गतिविधि भएको भन्दै राष्ट्र बैंकले सम्बन्धित व्यक्तिहरुलाई सचेत गराएको छ ।

बिहीवार एक सूचना जारी गर्दै राष्ट्र बैंकले त्यस्ता कारोबारबाट सर्वसाधारण ठगिन सक्ने भएकाले कसैले त्यस्तो कार्य गरेको पाइएमा कानून बमोजिम सजाय हुने जनाएको छ ।

सूचनामा भनिएको छ, ‘हालका दिनहरुमा क्रिप्टोकरेन्सीहरुको कारोबार/प्रयोग/माइनिङजस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने/गराउने समेत गरेको पाइएको र त्यस्तो कार्यबाट सर्वसाधारणहरु ठगिएको/ठगिन सक्ने देखिएको हुँदा कसैले त्यस्तो कार्य गरे/गराएको पाइएमा प्रचलित कानुनबमोजिम सजाय हुने व्यहोरा समेत जानकारी गराइन्छ ।’

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...