खेलकुद महासंघ कास्कीद्धारा खेलाडी र प्रशिक्षक सम्मानित

पोखरा, भदौ २६ गते । नेपाल खेलकुद महासंघले १३औ सागमा पदक विजेता खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको छ । १३ औ सागमा गण्डकी प्रदेशबाट साइक्लिङ प्रतियोगितामा रजत पदक विजेता जमुना थापा,नेपाली राष्ट्रिय भलिबल टिमकी उपकप्तान मञ्जु गुरुङ, मोयाथाई बक्सिङकी सुष्मि श्रेष्ठ, फुटबल प्रशिक्षक राजेन्द्र तामाङ र कराँते प्रशिक्षक शुभाष खड्कालाई महासंघले शनिबार पोखरा रंगशालामा आयोजित कार्यक्रममा सम्मान गरेको हो ।


पूर्व युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा,नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष रमेश पौडेल, गण्डकी प्रदेश सभा सदस्य राजिव पहारी, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङ र राष्ट्रिय खेलकुद परिषदका् सदस्य सम्पन्न श्रेष्ठले अविर, खादा र सम्मापनपत्र सहित सम्मान गर्नुभयो ।

खेलकुद क्षेत्रबाट पोखरा सहित देशको नाम परिरिचत गराउदै पदक विजेता खेलाडी सहित अन्य खेलाडीको योगदानको मुल्याङकन गदै सम्मान गरिएको खेलकुद महासंघ कास्कीका अध्यक्ष दीपकबहादुर गोदारले बताउनुभयो । उहाँले खेलाडी विना खेलकुद नरहने भन्दै खेलाडीहरुलाई प्रोत्साहन गर्न सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...