पोखरा स्पोर्टस क्यासल फुटसललाई अंसुभरा ग्रुपको साथ, सात लाख प्रायोजन गर्ने सम्झौता

पोखरा, भदौ २८ गते । राष्ट्रिय फुटसल लिगमा पोखराको स्पोर्टस क्यासलले सहभागीता जनाउने भएको छ । लिगमा सहभागी टिमलाई पोखराको व्यवसायीक प्रतिष्ठान अंसुभरा ग्रुपले मुख्य प्रायोजन गर्ने भएको छ । एक वर्षका लागि स्पोर्टस क्यासल फुटसल टिमलाई अंसुभरा ग्रुपले एक वर्षको लागि प्रायोजना गर्ने सम्झौता भएको छ ।


स्पोर्टस क्यासलका सञ्चालक र अंसुभरा गु्रपका प्रवन्ध निर्देशक सौगात थापाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । एक वर्षका लागि ७ लाख दिने गरी सम्झौता गरेको ग्रुपका प्रवन्ध निर्देशक सौगात थापाले जानकारी दिनुभयो । सम्झौता कार्यक्रममा बोल्दै थापाले फुटसलाई प्रवद्र्धन गर्न सामाजिक उत्तारदात्वि अन्र्तगत प्रायोजन गरेको बताउनुभयो । फुटसल खेलको प्रवद्र्धनमा यो सानो प्रयास हो उहाँले भन्नुभयो, ‘यसले पोखराको फुटसल टिमलाई हौसला प्रदान गर्ने विश्वास लिएको छु ।’

स्पोर्टस क्यासलका संञ्चालक इश्वर गुरुङले मुख्य प्रायोजक पाएर खेलाडीहरुको हौसला बढेको बताउदै भन्नुभयो, ‘प्रशिक्षणका क्रममा हाम्रा दुई खेलाडी घाइते भएका छन् । यसले आर्थिक भार थपिएको थियो । प्रायोजनले सहज भएको छ ।’ टिमका सहायक प्रशिक्षक अरविन गुरुङले आफनो घरेलु मैदानमा राम्रो नतिजा खेलाडीले निकाल्ने विश्वास ब्यक्त गर्नुभयो । अहिले प्रशिक्षणमा २२ जना खेलाडी रहेको र त्यसबाट १७ जना छनोट गरिने उहाँले बताउनुभयो । पोखरा स्पोर्टसको टिमबाट राष्टिय फुटसल टिमका क्याप्टेन विजय गुरुङ, राष्टिय टिमकै खेलाडीद्धय विनोद गुरुङ र सुरज गुरुङले खेल्ने सहायक प्रशिक्षक अरविनले जानकारी दिनुभयो । यसैवीच टिमको अफिसियल जर्सी समेत सार्वजनीक गरिएको छ । पत्रकार सम्मेलनमा जर्सी सार्वजनीक गरिएको हो ।

यसैवीच पहिलो पटक आयोजना हुने राष्ट्रिय फुटसल लिगको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा रंगशालास्थित बहुउदेश्यीय कर्भड हलमा यसअघि नै प्रतियोगिता आयोजना गर्ने भनिएपनि कोरोना महामारीका कारण स्थगित हुन पुगेको थियो । एन्फाले लिगका लागि छनोट चरणका खेलहरु खेलाडी विजेता र उपविजेता टिमलाई राष्ट्रिय लिगमा सहभागिता गराएको हो ।

एन्फाले देशका ७ वटै प्रदेशमा छनोट चरणका खेलहरुको आयोजना गरेको थियो । जसमा गण्डकी प्रदेशको समेत २ टिमको सहभागिता छ । कोरोनाका कारण स्थगित फुटसल लिग असोज २ गतेदेखि हुने भएपछि यतिबेला बहुउदेश्यीय हल निमार्णको काम सुरु गरिएको छ । अहिले हलमा लिगका लागि कार्पेट बिछ्याउने भैरहेको छ ।

 

एन्फाले काठमाडौंमा अघिल्लो मंगलबार खेल तालिका सार्वजानिक गर्दै मिति तय गरेको छ । ७ प्रदेशका १० टिम सहभागी हुनेछन् । लिग असोज २२ गते सकिने छ । राउन्डरोबिन लिगका आधारमा हुने प्रतियोगिताको लिग चरण भने असोज १९ गतेसम्म हुनेछ । असोज २० र २१ गते नकआउट चरणका खेल हुनेछन भने २२ गते फाइनल हुनेछ । लिगका लागि पोखराका होटलहरु समेत तयारी भइरहेको एन्फाका फुटसल प्रमुख विनोद गुरुङले जानकारी दिनुभयो ।

‘एन्फाको आयोजनामा पोखरामा राष्ट्रिय फुटसल लिग हुँदै छ । यो नेपालकै पहिलो फुटसल लिग हो,’ उहाँले भन्नुभयो, ‘ करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेका छन ।’लिग विजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछन । उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन । यस्तै सर्वोत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर, प्रशिक्षक र उदीयमान खेलाडीले समान २५–२५ हजार रुपैयाँ प्राप्त गर्ने बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...