एमाले अध्यक्ष ओलीको रिट ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौं, भदौ २८ गते । सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गर्नुभएको रिट निवेदन सोमबार ‘हेर्न नभ्याइने’ सूचामा राखेको छ । सर्वोच्चका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश मीरा खड्काको संयुक्त इजलासले उक्त रिट निवेदनलाई ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।


भदौ १७ गते अध्यक्ष ओलीले निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गर्नुभएको थियो । उक्त रिट निवेदनको पेशी आज वरिष्ठतम् न्यायाधीश कार्की र खड्काको संयुक्त इजलासमा तोकिएको थियो ।

ओलीले सर्वोच्चमा दायर गर्नुभएको रिट निवेदनमा एमालेले कारबाही सिफारिस गरेको १४ सांसद पदमुक्त भइसकेको र त्यसलाई आयोगले मान्यता दिएर नयाँ पार्टीको मान्यता दिनु असंवैधानिक भएको जिकिर गरिएको छ । त्यस्तै रिटमा सभामुख सापकोटा, निर्वाचन आयोग, नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायतलाई विपक्षी बनाइएको छ । ओलीले १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश माग गर्नुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...