विचित्रकी महिला, जो १६ वर्षदेखि हरेक शुक्रबार बेहुली बन्छिन्

एजेन्सी – सुन्दाखेरि तपाईँलाई अचम्म लाग्न सक्छ । संसारमा हरेक सोच विचार भएका मानिसहरू भेटिन्छन् । मानिसहरूले अरु भन्दा फरक कार्य गर्न रुचाउँछन् र गर्दछन् । यहाँ मानिसका चाहना र इच्छा फरक – फरक हुन्छन् । कुनैले आफू भाइरल हुनको लागि गर्दछन् भने कसैले आफ्नो कुनै क्षणबाट प्रभावित भएर अचम्मको कार्य गर्न पुग्छन् ।

पाकिस्तानमा एकजना महिला हरेक हप्ताको शुक्रवार एक दिन बेहुली बन्ने गर्दछिन् । ति महिला हरेक शुक्रबार बेहुली जस्तै पहिरनमा सजिन्छिन्, सिँगारपटार गर्छिन् । त्यस्तो अनौठो शौखका कारण उनी पाकिस्तानमा पछिल्लो समयमा चर्चाको विषय बनेकी छिन् । ४२ वर्षीय ती महिलाको नाम हिरा जिशान हो । उनी लाहोरकी बासिन्दा हुन् । पछिल्लो १६ वर्षदेखि हिराले हरेक शुक्रबार आफूलाई बेहुलीको रुपमा सजाउँदै आएकी छिन् ।

तपाईँलाई हिराको बारेमा सुन्दा अचम्म लाग्न सक्छ । तर हिराले आफु भाइरल हुनको लागि हरेक हप्ताको शुक्रवार बेहुली बन्ने गरेकी होइनन् । यसको पछाडि एउटा रहस्यमय कारण छ । १६ वर्षअघि हिराकी आमा निकै बिरामी परिन् । उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएकाे थियो ।

आमाले आफ्नो अन्तिम अवस्थामा छोरी हिराको बिहे देखेर मर्न चाहेको बताएपछि अस्पतालमै एकजना रक्तदाता युवकसँग उनको बिहे तय गरियो र बिहे पनि सम्पन्न भयो । तर कारणबस बिहेको केही दिनपछि हिराकी आमाको मृत्यु भयो । आमाको मृत्युले हिरा निकै भावुक बनिन् ।

बिहेपछि उनका ६ बच्चा जन्मिए, त्यसमध्ये २ बच्चाको मृत्यु भयो । आफ्ना सन्तानको मृत्युले पनि उनलाई ठूलो पीडा भयो । त्यहीँ तनावको अवस्थाबाट मुक्ति पाउनका लागि उनले १६ वर्षदेखि हरेक शुक्रबार बेहुली पहिरन आएकी छिन् । अब तपाईँलाई अचम्म लाग्ला पीडामा बेहुली बन्नुको रहस्य के होला ? हिराले हप्ताको एक दिन शुक्रवार बेहुलीको पहिरनमा सजिँदा आफूलाई निकै खुसी मिल्ने बताएकी छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...