एमालेको नाराबाजीका बाबजूद सभामुखले अगाडि बढाए संसदको कारवाही

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीको बाबजूद सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको कारवाही अगाडि बढाएका छन् ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शुरूमै सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई बजेट प्रतिस्थापन विधेयकमाथि स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय दिए ।

शुक्रवार प्रतिनिधि सभामा पेश भएको विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथि अहिले सैद्धान्तिक छलफल चलिरहेको छ । एमालेको नाराबाजीका बाबजूद सभामुख सापकोटाले छलफलमा बोल्न समय दिए ।

छलफलमा नेमकिपाका सांसद प्रेम सुवालले मात्र भाग लिए । उनले विधेयकमाथि भन्दा एमसीसीको विरोधमा समय खर्चिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भदौ २३ गतेदेखि नै प्रतिनिधि सभामा नाराबाजी गरिरहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...